FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको पूर्वाञ्चल क्षेत्र स्थित सिरहा जिल्लामा धनगढी गा.वि.स.को स्थापना २०४७ सालमा भएको थियो । दीर्घकालिन सोच "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार-धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार" का साथ २०७४ सालमा पूर्वाञ्चलको सिरहा जिल्लामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ आश्विन १ गतेको निर्णयबाट धनगढी गा.वि.स.को स्तरोन्नती भई धनगढीमाई नगरपालिका हुन गएको हो । यस नगरपालिकामा बसोबास गर्ने जात जातिहरुमा क्षेत्री, ब्राहमण, महतो, यादव, थारु, चौधरी, तामाङ्ग, सदाय, मोची, श्रेष्ठ, मगरहरु मुख्य रहेका छन् । यो स्थान समुद्री सतहदेखि १४० मि.को उचाईमा र काठमाडौं देखि पूर्व २५५ कि.मि.को दुरीमा अवस्थित रहेको छ । धनगढीमाईमा कूल १४ वडा रहेका छन् । १५९.६२ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढीमाई नगरपालिकाको भु-आकृतिक स्वरुप करिव सबै जसो समतल रहेको छ भने केही भाग पहाडी क्षेत्रले समेत ओगटेको छ । यसको पूर्वमा लहान नगरपालिका छ भने पश्चिममा गोलबजार नगरपालिका दक्षिणमा सुखिपुर नगरपालिका उत्तरमा प्रदेश नं.१ को उदयपुर जिल्लाको कटारी नगरपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३४.५ डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । यस नगरपालिकामा साविक गा.वि.स.हरु भवानीपुर प्र.ध., हनुमानगनगर प्र.ध., फुलकाहाकट्टी, अयोध्यानगर, धनगढी र विष्णुपुरकट्टी मिलेर बनेकोमा जम्म १४ वटा वडाहरु रहेका छन् । यस नगरपालिकाको २०७८ जनगणना तथ्याङ्क अनुसार कूल परिवार संख्या १०,८४२ र जनघनत्व ३३४, साक्षरता दर पुरुष ७८.४% र महिला ६०.९% कूल साक्षरता दर ६९.३%, लैङ्गिक अनुपात ९५.३२%, अपाङ्गताको प्रकार अनुसार जनसंख्या जम्मा ८४१ जसमा शारीरिक अपाङ्गता ४०.%, न्यून दृष्टियुक्त १३.९%, दृष्टिविहीन ६.९%, बहिरोपन ५.२%, मनोसमाजिक अपाङ्गता ४.५%, न्यून श्रवणशक्ति ३.३%, बहिरोपन एवं दृष्टिविहीन १.०७%, मानसिक वा मनोसामाजिक ८.३%, बौद्धिक अपाङ्गता ३.७%, अनुवंशीय रक्तश्राव (हेमोफेलिया) १.५%, अटिजम् ०.७%, बहुअपाङ्गता १०.७% रहेकोमा अपाङ्गता महिला संख्या १.४%, पुरुष संख्या १.८% रहेको छ। विदेशमा बसोबास गर्ने अनुपस्थित जनसंख्या ३२.३% र यस नगरपालिकाको कूल महिला संख्या २७,३१७ र कूल पुरुष संख्या २६,०३८ गरी जम्मा जनसंख्या ५३,३५५ रहेको छ । यस नगरपालिकामा शैक्षिक संस्थाहरु सरकारी विद्यालय प्रा.वि.-२१, नि.मा.वि.-५, मा.वि.-७, उच्च मा.वि.-५, साथै नीजि विद्यालयहरु प्रा.वि.-११, नि.मा.वि.-४, मा.वि.-४, उच-च मा.वि.-३ रहेका छन । यहाँको शिक्षाको गुणस्तरीय र शैक्षिक वातावरण समेत राम्रो रहेको छ । यस नगरपालिकामा स्वास्थ्य तर्फ हेल्थपोष्ट-८, निजी अस्पताल-९ र सरकारी अस्पताल-१ रहेको छ । साथै यस नगरपालिकामा स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको छ । यस क्षेत्रमा विभिन्न जाति अनुसारको चाड पर्व मनाउने गरिन्छ । जस्तैः माघि, होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, रक्षा बन्धन, लक्ष्मी पूजाँ, दशैं, तिहार, यहाँको प्रमुख चाड पर्वको रुपमा मनाईन्छ । यो नगरपालिकामा मधेसीमुलका र पहाडीहरुको मिश्रीत बस्ती रहेको छ । यस नगरपालिकामा बोलिने मुख्य भाषामा मैथली, तामाङ्ग, मगर, नेपाली, थारु भाषाहरु रहेका छन् ।