धनगढीमाई नगरपालिकाको तेश्रो नगरसभा (हिउँदे अधिवेशन) आज मिति २०७५ पौष २८ गते नगरसभाबाट चालू आ.व. को समिक्षागत विवरण, आर्थिक ऐन २०७५ संसोधन प्रस्ताव, बिनियोजन ऐन २०७५ संसोधन प्रस्ताव, स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७५ र विविध प्रस्तावहरु पारित गरी सफलतापूर्वक सम्पन्न भएको छ । साथै आजै पत्रकार सम्मेलन आयोजना गरी तेश्नो नगरसभाबाट पारित भएका निर्णयहरु सार्वजनिक गरिएको छ ।