धनगढीमाई नगरपालिकाको पाँचौं नगरसभाले धनगढीमाई नगरपालिकाको बिनियोजन ऐन संशोधन प्रस्ताव, नीतिगत निर्णय संशोधन प्रस्ताव, धनगढीमाई नगरपालिकाको भूमी ऐन, २०७६ तथा सार्वजनिक महत्वका विषयमा प्रस्ताव सर्वसम्मतिले पारित गर्दै सुसम्पन्न भएको छ ।
पाँचौं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा नगर प्रमुख हरि नारायण चौधरीले धनगढीमाई नगरपालिकाका सम्पूर्ण नगरवासि, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवि, नगर सभा सदस्य एवं सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।