२०७७/०३/१० गते शुरु भएको धनगढीमाई नगरपालिकाको छैठौं नगरसभाले आ.व. २०७७/७८ का लागि बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक, बिनियोजन विधेयक प्रस्ताव प्रस्तुत गरी स्थगित भएको थियो । सो विधेयकहरुका साथै आज प्रस्तुत भएको नीतिगत निर्णय र विशेष प्रस्ताव आज मिति २०७७/०३/२० गते छैठौं नगरसभाको दोश्रो सत्रले सर्वसम्मतिले पारित गर्दै सुसम्पन्न भएको छ । यस क्रममा नगर प्रमुख श्री हरिनारायण चौधरीज्यूले कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि अहोरात्र खटिएका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु प्रति धन्यवाद ज्ञापन गर्नु भएको छ । साथै कोरोना कोषमा योगदान दिने संघ-संस्थाहरु प्रति पनि आभार व्यक्त गर्नु भएको छ ।
छैठौं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा नगर प्रमुख हरि नारायण चौधरीले धनगढीमाई नगरपालिकाका सम्पूर्ण नगरवासी, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवि, नगर सभा सदस्य एवं सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।