आज मिति २०८०।०६।२७ गते शनिवारका दिन यस धनगढीमाई नगरपालिकाका नगर प्रमुख श्री शिव शंकर महतोज्यूको अध्यक्षतामा आयोजित महान विजयादशमी, शुभ दिपावली तथा छठ पर्व २०८०को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा यस नगरपालिकाका नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडाध्यक्षज्यूहरु, कार्यापालिका सदस्यज्यूहरु लगायत आन्तरिक तथा विषयगत शाखा र वडा कार्यालयका कर्मचारीहरुको उपस्थितिमा जनप्रतिनिधिज्यूहरु र कर्मचारीहरुले आ-आफ्नो शुभकामना मन्तव्य सहित सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायू, एवम् समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिनु भयो साथै आ.ब.२०७९।०८० मा सम्पादित सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा यस धनगढीमाई नगरपालिका तृतीय स्थान हासिल गर्नु भएकोमा स्वास्थ्य शाखा अन्तर्गत कार्यरत कर्मचारीहरुलाई नगरपालिकाका नगर प्रमुखज्यूले हार्दिक वधाई दिनु भयो र सो कार्यक्रममा कैद गरीएका तस्वीरहरुको झलक.............
आज मिति २०८०।०६।०७ गते आइतबार यस धनगढीमाई नगरपालिकाका नगर प्रमुख श्री शिव शंकर महतोज्यू, उपप्रमुख श्री संगीता कुमारी चौधरीज्यू, वडा अध्यक्षज्यूहरु वडा नं. १ देखि १४ सबै, कार्यपालिका सदस्यज्यूहरु सबै, आन्तरिक तथा विषयगत शाखा प्रमुखहरु लगायत शाखामा कार्यरत अन्य कर्मचारीहरु र वडा सचिवहरु वडा नं. १ देखि १४ सम्मको उपस्थितिमा नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री गोपाल प्रसाद बगालेज्यूलाई बिदाई समारोह र प्रमुख प्रशासकीय अधिकृत श्री ओम प्रकाश महताेज्यूलाई स्वागत कार्यक्रम सू-सम्पन्न भएको छ।
तस्बिरहरुको केही झलकको......
लिङ्कः https://www.facebook.com/photo?fbid=626482209662922&set=pcb.626491126328697
मिति २०८० श्रावण ०८ गते सोमबार नव निर्मित प्रमुख प्रशासकीय भवनको सभाहलमा नगर प्रमुख श्री शिव शंकर महतोज्यू, नगर उपप्रमुख श्री संगिता कुमारी चौधरीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री गोपाल प्रसाद बगालेज्यू, वडा नं.१ देखि १४ सम्मका वडाध्यक्षज्यूहरु, वडा नं.१ देखि १४ सम्मका वडा सचिवहरु, आन्तरिक तथा विषयगत शखाका शाखा प्रमुखहरु लगायत शखामा कार्यरत कर्मचारीहरु र सञ्चारकर्मीज्यूहरुको उपस्थितिमा यस धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयको गत आ.ब.२०७९।०८० को वार्षिक बजेट तथा कार्यकमको वार्षिक समीक्षाको प्रस्तुतीकरणमा वडा तथा शाखाको भौतिक तथा वित्तिय प्रगति, चालु तथा पूंजीगत तर्फका कार्यक्रमहरुको समापन भएका कार्यक्रमहरु सम्पन्न भएका योजनाहरुको विवरण सहित समाजिक सुरक्षा भत्ता वितरणको विवरण पेश भई संचार माध्यमका प्रतिनिधि/पत्रकारहरुको उपस्थितिमा उक्त गोष्ठी कार्यक्रम समापन्न भएको थियो ।
उक्त गोष्ठीमा नगर प्रमुखज्यूले नगरपालिकाको समसामायिक गतिविधि तथा गोष्ठीको महत्व बारेमा प्रकाश पार्दै आगामी दिनमा योजना संचालन गर्दा सुधार गर्नु पर्ने कुराहरुमा प्रकाश पार्दै आफ्नो मन्तव्य सहित समीक्षा गोष्ठीको समापन गर्नु भएको थियो । समीक्षा गोष्ठीको केही झलकहरु . . . . . . . .
यस धनगढीमाई नगरपालिकाको आठौं नगरसभाले आ.व.२०७९।०८० मा नगर क्षेत्रका किसानहरुलाई प्रोत्साहन तथा कृषि क्षेत्रमा आधुनीकरण गर्ने उद्देश्यले "कृषि मिटरको विद्युत महशुल भुक्तानी गर्ने कार्यक्रम"मा मिति २०७९ साउन देखिको कृषि मिटरको विद्युत भुक्तानीको लागि आज मिति २०८० श्रावण ४ गते नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्र, लहानमा स्वम् नगर प्रमुख श्री शिव शंकर महतोज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री गोपाल प्रसाद बगालेज्यू, कृषि संयोजक श्री सूर्य नारायण यादवज्यू, कृषि शाखा प्रमुख श्री मसिलाल साहज्यू लगायत पत्रकारज्यूहरुको उपस्थितमा कुल जम्मा रकम रु.१८,२२,६१४.५/- को चेक हस्तानतरण गर्नु भएको छ ।
मिति २०८०।०४।०३ गते यस धनगढीमाई नगरपालिकामा गत एक महिना देखि सञ्चालन हुँदै आएका प्रविधि हस्तान्तरण सहितको सीप मूलक तालिम ३० जना महिलाहरुको लागि सिलाई कटाई तालिम, ३० जना महिलाहरुको लागि व्युटिसियन तालिम र ३० जना पुरुषहरुको लागि इलेक्ट्रिसियन तालिमको एकै साथ समापन गरी प्रमाण-पत्र वितरण तथा प्रविधि हस्तान्तरण भएको छ। व्युटिसियनहरुको लागि व्युटीपार्लरको लागि आवश्यक पर्ने न्यूनतम सामानहरु, सिलाई कटाइको लागि आवश्यक पर्ने सिलाई मेशिन, इलेक्ट्रिसियनको लागि ड्रिल मेशिन सहित ह्यामर, पेचकस लगाएतका इलेक्ट्रिसियन कार्यमा आवश्यक पर्ने सामानहरुको व्याग सहित उपलब्ध गराइएको छ । उक्त तालिम निकै नै उपलब्धीमुलक रहेकोले सहभागीहरु धेरै नै खुशीका साथ सम्बन्धित बिषयहरुको काम गर्न अब धेरै नै जागर र आँट आएको र अब चाँडै नै व्यवसाय सुरु गर्छौः तालिममा सहभागीहरु प्रशिक्षार्थीहरु आ-आफ्नो मन्तब्य राख्नु भइयो।
आज मिति २०८० जेष्ठ १५ गते गण्तन्त्र दिवशका दिन यस धनगढीमाई नगरपालिकाको नव निर्मित प्रमुख प्रशासकीय भवन, धनगढीमाई नगरपालिका वडा नं.१० श्यामपुरमा धनगढीमाई नगरपालिकाको आवधिक योजना निर्माण गर्ने सम्बन्धमा जनप्रतिनिधि, कर्मचारी र परामर्शदाताहरु वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
साथै सोही दिन विहान ११ बजे नवनिर्मित प्रमुख प्रशासकीय भवनमा प्रवेशको लागि भवनको स्वस्ती शान्ती पूजा अर्चना गरिएको छ । उक्त पूजामा नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायत नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु सरिक हुनु भएको थियो । आज सम्पन्न भएका सम्पुर्ण कार्यक्रमहरुको अध्यक्षता नगर प्रमुख श्री शिव शंकर महतोज्यूले गर्नु भएको थियो ।
"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद"
धनगढीमाई नगरपालिका स्तरीय
१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९
२०८० बैशाख ६ गते बुधबार
निर्मल लामा स्मृति कबड हल, जिरोमाईल (सिरहा)
आज मिति २०७९ चैत्र २० गते सोमबार यस धनगढीमाई नगरपालिका धनगढी सिरहामा सहकारीको दिगोपन : स्वनियमन र सुशासन मूल नारासहित ६६ औं सहकारी दिवसको अवसरमा धनगढी, सिरहामा भव्यताका साथ मनाईएको छ । उक्त कार्यक्रम धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय धनगढी, सिरहाको प्राङ्गणमा भेला भई प्लेकार्ड र नारा सहित प्रभात फेरी गरी जिरोमाईल बजार परिक्रमा गरी बजारको प्राङ्गणमा गएर कोण सभामा परिणत भई उक्त कार्यक्रम समापन भएको थियो । समापन कार्यक्रममा यस धनगढीमाई नगरपालिका अन्तर्गतका विभिन्न सहकारी संस्थाहरु सहभागी भई अ-आफना मन्तव्य राख्ने कार्यक्रम समेत भएको थियो ।
आज मिति २०७९।१२।०७ गते मंगलबार यस धनगढीमाई नगरपालिका धनगढी सिरहा र दलित जनकल्याण समाज धनगढी सिरहा तथा स्थानीय जातीय विभद् तथा छुवाछुत अनुगमन समितिको सहकार्यमा ५८ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद दिवस धनगढी, सिरहामा भव्यताका साथ मनाईएको छ। उक्त कार्यक्रम धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय धनगढी, सिरहाको प्राङ्गणमा भेला भई प्लेकार्ड र विभिन्न नारा सहित प्रभात फेरी गरी धनगढी बजार परिक्रमा गरी धनगढी, सिरहा स्थित कृषि बजारको प्राङ्गणमा गएर कोण सभामा परिणत भई समापन भएको थियो। समापन कार्यक्रममा प्रमुख श्री शिव शंकर महतोज्यू, इलाका प्रहरी कार्यालय धनगढी, सिरहाका प्रतिनिधि, दलित जनकल्याण युवा कल्व लहान, सिरहाका प्रतिनिधि श्री शोभा बरालज्यू लगायत स्थानीय जातीय विभद् तथा छुवाछुत अनुगमन समितिका अध्यक्ष श्री टिका राम विश्वकर्माज्यूले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो। मन्तव्य राख्ने वक्ताहरुले जातीय तथा रंगभेद संविधान गैर सम्वैंधानिक कार्य भएको र समाजबाट यसलाई हटाउन जनताहरुमाझ जनचेतना फैलाउन आवश्यक देखिएको कुरा बताउनु भएको थियो।