FAQs Complain Problems

फोटो ग्यालरी

आज मिति २०७६/१२/०७ गते यस धनगढीमाई नगरपालिकाको पशु सेवा शाखाको भवन हस्तान्तरण तथा उद्घाटन प्रमुख अतिथि नगर प्रमुख श्री हरि नारायण चौधरी ज्यूबाट भयो। धनगढी, वडा नं. १० को कृषि बजार स्थित नयाँ भवनबाट आजको मिति बाट पशु सेवा सम्बन्धी सम्पूर्ण कामकाज उक्त भवनबाट संचालन हुनेछ ।

आजका कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष श्री विन्देश्‍वर यादव ज्यूले अध्यक्षता गर्नुभएको थियो । त्यस्तै, कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख श्री हरि नारायण चौधरी, विशिष्ठ अतिथि उप-प्रमुख श्री फूलकुमारी श्रेष्ठ, अतिथिहरु वडा नं. १ देखि वडा नं. १४ का वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, राष्‍ट्रिय पशु प्रजनन केन्द्र लहानका कार्यालय प्रमुख डा. श्री सुधिर कुमार सिंह, भेटेरिनरी अस्पताल सेवा विज्ञ केन्द्र सिरहाका कार्यालय प्रमुख श्री सन्तोष कुमार सिंह लगायत नगरपालिकाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

साथै विश्वव्यापी रुपमा फैलिएको कोरोनाको मध्यनजर गर्दै यस कार्यक्रममा सिमित संख्यामा उपस्थिति गराईएको थियो भने कार्यक्रममा पाल्नु भएका सबैलाई साबुन पानीले हात धुने व्यवस्था सहित एक-एक थान मास्क पनि वितरण गरिएको थियो ।

, , , , , , , , , , , ,

धनगढीमाई नगरपालिकाको पाँचौं नगरसभाले धनगढीमाई नगरपालिकाको बिनियोजन ऐन संशोधन प्रस्ताव, नीतिगत निर्णय संशोधन प्रस्ताव, धनगढीमाई नगरपालिकाको भूमी ऐन, २०७६ तथा सार्वजनिक महत्वका विषयमा प्रस्ताव सर्वसम्मतिले पारित गर्दै सुसम्पन्न भएको छ ।
पाँचौं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा नगर प्रमुख हरि नारायण चौधरीले धनगढीमाई नगरपालिकाका सम्पूर्ण नगरवासि, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवि, नगर सभा सदस्य एवं सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

, , , , , , , , , , , , , , , , , , ,

गरिएका मुख्य क्रियाकलाप

१.र्याली
२.विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि तथा छात्रा हरुको लागि बनाइएका युरिनल , हातधुने ठाउँ सहितको 3 कोठे शौचालय भवनको नगर प्रमुख बाट विद्यालय का प्रधान अध्यापक लाई चाबी हस्तान्तरण ।
३. हातधुने जोखिमपूर्ण अवस्था बारे सहजिकर को साथ हात धुने 6 तरिका बारे प्रदर्शनी ।
४. मन्तब्य र समापन ।

, , , , , , , , , , , , ,

२०७६/०३/१० गते शुरु भएको धनगढीमाई नगरपालिकाको चौथो नगरसभाले आ.व. २०७६/७७ का लागि ४ वटा विधेयक प्रस्तुत गरी स्थगित भएको थियो । सो विधेयकहरु आज मिति २०७६/०३/२० गते चौथो नगरसभाको दोश्रो सत्रले सर्वसम्मतिले पारित गर्दै सुसम्पन्न भएको छ ।
चौथो नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा नगर प्रमुख हरि नारायण चौधरीले धनगढीमाई नगरपालिकाका सम्पूर्ण नगरवासि, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवि, नगर सभा सदस्य एवं सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

, , , , , , , , , , , , , , , , , , , ,

धनगढीमाइ नगरपालिकाले आज देखि नयनपुर स्वास्थ्य चौकी मुसहर्निया लाइ अस्पताल मा स्तरन्नोती गरि संचालन गरेको छ । नगरपालिकाकै लगानी मा संचालित अस्पतालमा O P D सेवा ,२४ घण्टा इमर्जेन्सी सेवा , ल्याव सेवा , बर्थिंग सेवा , गर्भपतन सेवा रहने छ । न पा प्रमुख श्री हरि नारायण चौधरीज्यु बाट अस्पताल को उदघाटन गरिएको कार्यक्रम का दृश्यहरु ।

, , , , , , , , , , , , , , , , , , ,

धनगढीमाई नगरपालिका को चौथों नगर सभा प्रारम्भ ।राष्ट्रीय गान ,शहिद प्रति मौन धारण पश्चात । सभा अध्यक्ष श्री हरि नारायण चौधरीज्यु बाट सम्बोधन । न पा उप प्रमुख श्री फ़ुल कुमारी श्रेष्ठद्वारा २०७६/७७ को निति तथा कार्यक्रम, आर्थिक बिधेयक तथा बिनियोजन बिधेयक प्रस्तुत ।नगर सभा सदस्यहरु बाट छलफल मा भाग लिने क्रम शुरु । आजको सभा स्थगन ।अर्कों बैठक २० गते हुने ।

, , , , , , , , , , , , , , , , ,

Pages