निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं.२ धनगढी, सिरहामा कार्यरत रहेका निर्वाचन अधिकृत लगायत निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई धनगढीमाई नगरपालिकाद्बारा सम्मान तथा विदाई कार्यक्रमका केही झलकहरु।
धनगढीमाई नगरपालिका, सिरहाद्वारा आ.व .२०७९/०८० को पहिलो त्रैमासिकको सामाजिक स्रुरक्षा भत्ता बैंक मार्फत वितरण कार्य आज मिति २०७९/०७/०२ देखी सम्बन्धित वडा कार्यालयहरुमा भै रहेको छ । कुन-कुन वडामा कुन-कुन मितिमा भत्ता बितरण हुने भन्ने सुचना यस अगाडी नै प्रकाशन भै सकेको छ । तोकिएको मितिमा आ-आफ्नो वडा कार्यालयमा गएर भत्ता बुझ्नुहुन सबै लाभग्राहीहरुलाई जानकारी गराउँदछौं । साथै अहिले सम्म खाता नखोल्नु भएका लाभग्राहीहरुले तोकिएको बैंकमा गएर खाता खोली भत्ता समयमै बुझुनुहुन समेत अनुरोध छ । आज मिति २०७९।०७।०२ गतेमा वडा नं.१, ४ र १० मा भत्ता बितरण कार्यको केही तस्विरहरुको झलक यस प्रकार छन ।
- पञ्जीकरण शाखा
धनगढीमाई नगरपालिका धनगढी, सिरहा ।
आर्थिक बर्ष २०७९/०८० को प्रथम त्रैमासिककको सामाजिक सुरक्षा भत्ता बैक र वडा कार्यालयको समन्वयमा वडा कार्यालयबाटै बितरण गरिने सम्बन्धमा बैंक सँगको छलफल तथा अन्तक्रिया कार्यक्रम।
धनगढीमाई नगरपालिकाको आठौं नगरसभाको दोस्रो बैठक धनगढीमाई नगरपालिकाको नव निर्मित प्रमुख प्रशासकीय भवनमा मिति २०७९।०३।२४ गते विहान ९ बजे देखि सुरु भएको थियो। नगर प्रमुख श्री शिव शंकर महतोज्यू, नगर उपप्रमुख श्री संगिता कुमारी चौधरीज्यू, प्रशासकीय अधिकृत लगायत, नगर सभा सदस्यहरु सहित नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा सुरु भएको थियो। सभाको दोस्रो बैठकले धनगढीमाई नगरपालिकाको आ.व.२०७९।०८० को विनियोजन विधेयक, नीति तथा कार्यक्रम र नीतिगत निर्णयहरु सर्व सम्मतिबाट पारित गरी नगर सभा सम्पन्न भएको छ ।
नगर प्रमुख श्री शिव संकर महतोज्यू र ९ नम्वर वडाका वडा अध्यक्षज्यू तथा समाजिक विकास समितिका संयोजक श्री प्रकास योन्जनज्यूको उपस्थितिमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग विद्यालयको समस्याहरु र अगामी कार्ययोजनाको बिषयमा छलफल सम्पन्न भयो।
धनगढीमाई नगरपालिकाको आठौं नगरसभा शुभारम्भ धनगढीमाई नगरपालिकाको नव निर्मित प्रमुख प्रशासकीय भवनमा मिति २०७९।०३।१० गते विहान ९ बजे देखि सुरु भएको छ। सभाको शुभारम्भ कार्यक्रममा संविधान सभा सदस्य श्री राम चन्द्र यादवज्यू, निवर्तमान नगर प्रमुख श्री हरि नारायण चौधरीज्यू, पूर्व गाविस अध्यक्षज्यूहरु, धनगढीमाई स्थित राजनितिक दलका नगर समितिका सभापति/अध्यक्षहरु, धनगढी स्थित सहकारी कार्यालयका प्रमुखहरु, गैर सहकारी संस्थाका प्रतिनिधीहरु, नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, नगर सभाका सदस्यहरु सहित नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा सुरु भएको छ। सभाको बैठकले धनगढीमाई नगरपालिकाको आ.व.२०७९।०८० को निति तथा कार्यक्रम, आर्थिक विधेयक पारित गरेको छ।
https://www.facebook.com/photo/?fbid=338218041822675&set=pcb.33822057848...
नव निर्वाचित जनप्रतिनिधीज्यूहरुको प्रमाण पत्र बितरण, सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न!!!