FAQs Complain Problems

फोटो ग्यालरी

आज मिति २०७९।१२।०७ गते मंगलबार यस धनगढीमाई नगरपालिका धनगढी सिरहा र दलित जनकल्याण समाज धनगढी सिरहा तथा स्थानीय जातीय विभद् तथा छुवाछुत अनुगमन समितिको सहकार्यमा ५८ ‍औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद दिवस धनगढी, सिरहामा भव्यताका साथ मनाईएको छ। उक्त कार्यक्रम धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय धनगढी, सिरहाको प्राङ्गणमा भेला भई प्लेकार्ड र विभिन्न नारा सहित प्रभात फेरी गरी धनगढी बजार परिक्रमा गरी धनगढी, सिरहा स्थित कृषि बजारको प्राङ्गणमा गएर कोण सभामा परिणत भई समापन भएको थियो। समापन कार्यक्रममा प्रमुख श्री शिव शंकर महतोज्यू, इलाका प्रहरी कार्यालय धनगढी, सिरहाका प्रतिनिधि, दलित जनकल्याण युवा कल्व लहान, सिरहाका प्रतिनिधि श्री शोभा बरालज्यू लगायत स्थानीय जातीय विभद् तथा छुवाछुत अनुगमन समितिका अध्यक्ष श्री टिका राम विश्वकर्माज्यूले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो। मन्तव्य राख्ने वक्ताहरुले जातीय तथा रंगभेद संविधान गैर सम्वैंधानिक कार्य भएको र समाजबाट यसलाई हटाउन जनताहरुमाझ जनचेतना फैलाउन आवश्यक देखिएको कुरा बताउनु भएको थियो।

, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०७९ फाल्गुन २९ गते राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, काठमाडौं र यस नगरपालिकाको सहकार्यमा राष्ट्रिय प्रादेशिक आयुर्वेद अस्पताल सेवा केन्द्र यस धनगढीमाई नगरपालिकाको वडा नं.१० स्थित प्राकृतिक अस्पतालको भवनमा स्थापना गर्नको लागी उक्त केन्द्रका कार्यकारी निर्देशकज्यूलाई प्रमुख श्री शिव शंकर महतोज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री गोपाल प्रसाद बगालेज्यूबाट आयुर्वेद अस्पताल स्थापना माग गर्ने सम्बन्धी पत्र हस्तान्तरण गरियो ।

, , , ,

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं.२ धनगढी, सिरहामा कार्यरत रहेका निर्वाचन अधिकृत लगायत निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई धनगढीमाई नगरपालिकाद्बारा सम्मान तथा विदाई कार्यक्रमका केही झलकहरु।

, , , , , , , , , , , , , , , , , , ,

धनगढीमाई नगरपालिका, सिरहाद्वारा आ.व .२०७९/०८० को पहिलो त्रैमासिकको सामाजिक स्रुरक्षा भत्ता बैंक मार्फत वितरण कार्य आज मिति २०७९/०७/०२ देखी सम्बन्धित वडा कार्यालयहरुमा भै रहेको छ । कुन-कुन वडामा कुन-कुन मितिमा भत्ता बितरण हुने भन्ने सुचना यस अगाडी नै प्रकाशन भै सकेको छ । तोकिएको मितिमा आ-आफ्नो वडा कार्यालयमा गएर भत्ता बुझ्नुहुन सबै लाभग्राहीहरुलाई जानकारी गराउँदछौं । साथै अहिले सम्म खाता नखोल्नु भएका लाभग्राहीहरुले तोकिएको बैंकमा गएर खाता खोली भत्ता समयमै बुझुनुहुन समेत अनुरोध छ । आज मिति २०७९।०७।०२ गतेमा वडा नं.१, ४ र १० मा भत्ता बितरण कार्यको केही तस्विरहरुको झलक यस प्रकार छन ।

- पञ्जीकरण शाखा

धनगढीमाई नगरपालिका धनगढी, सिरहा । 

, , , , , , , , , , , ,

आर्थिक बर्ष २०७९/०८० को प्रथम त्रैमासिककको सामाजिक सुरक्षा भत्ता बैक र वडा कार्यालयको समन्वयमा वडा कार्यालयबाटै बितरण गरिने सम्बन्धमा बैंक सँगको छलफल तथा अन्तक्रिया कार्यक्रम।

, , , , , , , ,

धनगढीमाई नगरपालिकाको आठौं नगरसभाको दोस्रो बैठक धनगढीमाई नगरपालिकाको नव निर्मित प्रमुख प्रशासकीय भवनमा मिति २०७९।०३।२४ गते विहान ९ बजे देखि सुरु भएको थियो। नगर प्रमुख श्री शिव शंकर महतोज्यू, नगर उपप्रमुख श्री संगिता कुमारी चौधरीज्यू, प्रशासकीय अधिकृत लगायत, नगर सभा सदस्यहरु सहित नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा सुरु भएको थियो। सभाको दोस्रो बैठकले धनगढीमाई नगरपालिकाको आ.व.२०७९।०८० को विनियोजन विधेयक, नीति तथा कार्यक्रम र नीतिगत निर्णयहरु सर्व सम्मतिबाट पारित गरी नगर सभा सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

नगर प्रमुख श्री शिव संकर महतोज्यू र ९ नम्वर वडाका वडा अध्यक्षज्यू तथा समाजिक विकास समितिका संयोजक श्री प्रकास योन्जनज्यूको उपस्थितिमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग विद्यालयको समस्याहरु र अगामी कार्ययोजनाको बिषयमा छलफल सम्पन्न भयो।

, , ,

Pages