FAQs Complain Problems

Photo Gallery

मिति २०८०।०४।०३ गते यस धनगढीमाई नगरपालिकामा गत एक महिना देखि सञ्चालन हुँदै आएका प्रविधि हस्तान्तरण सहितको सीप मूलक तालिम ३० जना महिलाहरुको लागि सिलाई कटाई तालिम, ३० जना महिलाहरुको लागि व्युटिसियन तालिम र ३० जना पुरुषहरुको लागि इलेक्ट्रिसियन तालिमको एकै साथ समापन गरी प्रमाण-पत्र वितरण तथा प्रविधि हस्तान्तरण भएको छ। व्युटिसियनहरुको लागि व्युटीपार्लरको लागि आवश्यक पर्ने न्यूनतम सामानहरु, सिलाई कटाइको लागि आवश्यक पर्ने सिलाई मेशिन, इलेक्ट्रिसियनको लागि ड्रिल मेशिन सहित ह्यामर, पेचकस लगाएतका इलेक्ट्रिसियन कार्यमा आवश्यक पर्ने सामानहरुको व्याग सहित उपलब्ध गराइएको छ । उक्त तालिम निकै नै उपलब्धीमुलक रहेकोले सहभागीहरु धेरै नै खुशीका साथ सम्बन्धित बिषयहरुको काम गर्न अब धेरै नै जागर र आँट आएको र अब चाँडै नै व्यवसाय सुरु गर्छौः तालिममा सहभागीहरु प्रशिक्षार्थीहरु आ-आफ्नो मन्तब्य राख्नु भइयो।

 

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८० जेष्ठ १५ गते गण्तन्त्र दिवशका दिन यस धनगढीमाई नगरपालिकाको नव निर्मित प्रमुख प्रशासकीय भवन, धनगढीमाई नगरपालिका वडा नं.१० श्यामपुरमा धनगढीमाई नगरपालिकाको आवधिक योजना निर्माण गर्ने सम्बन्धमा जनप्रतिनिधि, कर्मचारी र परामर्शदाताहरु वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

साथै सोही दिन विहान ११ बजे नवनिर्मित प्रमुख प्रशासकीय भवनमा प्रवेशको लागि भवनको स्वस्ती शान्ती पूजा अर्चना गरिएको छ । उक्त पूजामा नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायत नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु सरिक हुनु भएको थियो । आज सम्पन्न भएका सम्पुर्ण कार्यक्रमहरुको अध्यक्षता नगर प्रमुख श्री शिव शंकर महतोज्यूले गर्नु भएको थियो ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद"

धनगढीमाई नगरपालिका स्तरीय

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९

२०८० बैशाख ६ गते बुधबार

निर्मल लामा स्मृति कबड हल, जिरोमाईल (सिरहा)

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०७९ चैत्र २० गते सोमबार यस धनगढीमाई नगरपालिका धनगढी सिरहामा सहकारीको दिगोपन : स्वनियमन र सुशासन मूल नारासहित ६६ ‍औं सहकारी दिवसको अवसरमा धनगढी, सिरहामा भव्यताका साथ मनाईएको छ । उक्त कार्यक्रम धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय धनगढी, सिरहाको प्राङ्गणमा भेला भई प्लेकार्ड र नारा सहित प्रभात फेरी गरी जिरोमाईल बजार परिक्रमा गरी बजारको प्राङ्गणमा गएर कोण सभामा परिणत भई उक्त कार्यक्रम समापन भएको थियो । समापन कार्यक्रममा यस धनगढीमाई नगरपालिका अन्तर्गतका विभिन्न सहकारी संस्थाहरु सहभागी भई अ-आफना मन्तव्य राख्ने कार्यक्रम समेत भएको थियो ।

, , , , , , , ,

आज मिति २०७९।१२।०७ गते मंगलबार यस धनगढीमाई नगरपालिका धनगढी सिरहा र दलित जनकल्याण समाज धनगढी सिरहा तथा स्थानीय जातीय विभद् तथा छुवाछुत अनुगमन समितिको सहकार्यमा ५८ ‍औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद दिवस धनगढी, सिरहामा भव्यताका साथ मनाईएको छ। उक्त कार्यक्रम धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय धनगढी, सिरहाको प्राङ्गणमा भेला भई प्लेकार्ड र विभिन्न नारा सहित प्रभात फेरी गरी धनगढी बजार परिक्रमा गरी धनगढी, सिरहा स्थित कृषि बजारको प्राङ्गणमा गएर कोण सभामा परिणत भई समापन भएको थियो। समापन कार्यक्रममा प्रमुख श्री शिव शंकर महतोज्यू, इलाका प्रहरी कार्यालय धनगढी, सिरहाका प्रतिनिधि, दलित जनकल्याण युवा कल्व लहान, सिरहाका प्रतिनिधि श्री शोभा बरालज्यू लगायत स्थानीय जातीय विभद् तथा छुवाछुत अनुगमन समितिका अध्यक्ष श्री टिका राम विश्वकर्माज्यूले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो। मन्तव्य राख्ने वक्ताहरुले जातीय तथा रंगभेद संविधान गैर सम्वैंधानिक कार्य भएको र समाजबाट यसलाई हटाउन जनताहरुमाझ जनचेतना फैलाउन आवश्यक देखिएको कुरा बताउनु भएको थियो।

, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०७९ फाल्गुन २९ गते राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, काठमाडौं र यस नगरपालिकाको सहकार्यमा राष्ट्रिय प्रादेशिक आयुर्वेद अस्पताल सेवा केन्द्र यस धनगढीमाई नगरपालिकाको वडा नं.१० स्थित प्राकृतिक अस्पतालको भवनमा स्थापना गर्नको लागी उक्त केन्द्रका कार्यकारी निर्देशकज्यूलाई प्रमुख श्री शिव शंकर महतोज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री गोपाल प्रसाद बगालेज्यूबाट आयुर्वेद अस्पताल स्थापना माग गर्ने सम्बन्धी पत्र हस्तान्तरण गरियो ।

, , , ,

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं.२ धनगढी, सिरहामा कार्यरत रहेका निर्वाचन अधिकृत लगायत निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई धनगढीमाई नगरपालिकाद्बारा सम्मान तथा विदाई कार्यक्रमका केही झलकहरु।

, , , , , , , , , , , , , , , , , , ,

धनगढीमाई नगरपालिका, सिरहाद्वारा आ.व .२०७९/०८० को पहिलो त्रैमासिकको सामाजिक स्रुरक्षा भत्ता बैंक मार्फत वितरण कार्य आज मिति २०७९/०७/०२ देखी सम्बन्धित वडा कार्यालयहरुमा भै रहेको छ । कुन-कुन वडामा कुन-कुन मितिमा भत्ता बितरण हुने भन्ने सुचना यस अगाडी नै प्रकाशन भै सकेको छ । तोकिएको मितिमा आ-आफ्नो वडा कार्यालयमा गएर भत्ता बुझ्नुहुन सबै लाभग्राहीहरुलाई जानकारी गराउँदछौं । साथै अहिले सम्म खाता नखोल्नु भएका लाभग्राहीहरुले तोकिएको बैंकमा गएर खाता खोली भत्ता समयमै बुझुनुहुन समेत अनुरोध छ । आज मिति २०७९।०७।०२ गतेमा वडा नं.१, ४ र १० मा भत्ता बितरण कार्यको केही तस्विरहरुको झलक यस प्रकार छन ।

- पञ्जीकरण शाखा

धनगढीमाई नगरपालिका धनगढी, सिरहा । 

, , , , , , , , , , , ,

आर्थिक बर्ष २०७९/०८० को प्रथम त्रैमासिककको सामाजिक सुरक्षा भत्ता बैक र वडा कार्यालयको समन्वयमा वडा कार्यालयबाटै बितरण गरिने सम्बन्धमा बैंक सँगको छलफल तथा अन्तक्रिया कार्यक्रम।

, , , , , , , ,

Pages