मिति २०७८।०३।१० गते शुरु भएको धनगढीमाई नगरपालिकाको सातौं नगरसभाले आ.व. २०७८/०७९ का लागि बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक, बिनियोजन विधेयक, नीतिगत निर्णय र विशेष प्रस्ताव प्रस्तुत गरी सो विधेयकहरु सर्वसम्मतिले पारित गर्दै सातौं नगर सभा सुसम्पन्न भएको छ। यस क्रममा नगर प्रमुख श्री हरिनारायण चौधरीज्यूले कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि अहोरात्र खटिएका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु प्रति धन्यवाद ज्ञापन गर्नु भएको छ। साथै सातौं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा नगर प्रमुख हरि नारायण चौधरीले धनगढीमाई नगरपालिकाका सम्पूर्ण नगरवासी, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवि, नगर सभा सदस्य एवं सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।
धनगढीमाई नगरपालिका वडा नं.१३ स्थित दुरविनडाँडा खानेपानी आयोजना अन्तर्गत खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम प्रदेश नं. २ का माननीय भौतिक पूर्वाधार तथा विकास मन्त्रीज्यूको प्रमुख अतिथित्यमा सुरक्षित खानेपानीयुक्त कार्यक्रम मिति २०७७।१०।१६ गते शुक्रवार सम्पन्न भयो ।
"शिक्षाको प्रसार एवं सवलीकरण, व्यवसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन" भन्ने मूल नाराका साथ नगर शिक्षा सम्मेलन २०७७, प्रमुख अथिति पूर्व शिक्षा मन्त्री श्री गिरीराज मणी पोखरेलज्यू र नगर प्रमुख श्री हरि नारायण चौधरीज्यूको अध्यक्षतामा कार्यक्रम सफलता पूर्वक मिति २०७७।१०।१५ गते विहिवार सम्पन्न भयो ।
प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता २०७७।०९।२७ गतेबाट निर्मल लामा कभर्ड हल प्राङ्गणमा शूरु भयोः धनगढीमाई नगरपालिकाका प्रमुख श्री हरि नारायण चौधरीज्यूबाट खेलको शुभ आरम्भ भयो। यो खेलमा वडा गत रुपमा खेलाडीहरु संम्लग्न छन्।
मिति २०७७ मंसिर १५ गते सोमवारका दिन न्यायिक समितिलाई सामाग्री हस्तान्त्रण कार्यक्रम
मिति २०७७ मंसिर १५ गते सोमवारका दिन महिला मैत्री क्वारेन्टाईनको लागि सामाग्री हस्तान्त्रण कार्यक्रम
मिति २०७७ मंसिर १५ गते सोमवारका दिन गर्भवती आमालाई पोषिलो प्याकेज वितरण उद्धघाटन कार्यक्रम
मिति २०७७ मंसिर १५ गते सोमवार विहान ११:०० बजे धनगढीमाई नगरपालिकाको नयनपुर अस्पताल परिसरमा निर्माण हुने १५ शैयाको अस्पताल भवनको शिलान्यास कार्यक्रम
धनगढीमाई नगरपालिकाको पाँचौं स्थापना दिवस आज २०७७।०६।०१ गतेका दिन नगर उप-प्रमुख श्री फूलकुमारी श्रेष्ठको अध्यक्षतामा तथा नगर प्रमुख श्री हरिनारायण चौधरीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । कार्यक्रममा विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माणका लागि निःशूल्क जग्गा उपलब्ध गराउने वडा नं. १ का श्री बालेश्वर महतो र वडा नं. ४ का श्री शिवध्यान सिंहलाई सम्मान गरिएको थियो । त्यस्तै नगर प्रहरी हवल्दार श्री ऋषि कुमार महतो नगर प्रहरी सहायक निरीक्षकमा, नगर प्रहरी जवानहरु श्री ईश्वर देव मण्डल र श्री राम भरोष ठाकुर नगर प्रहरी हवल्दारमा बढुवा भएकोमा वहाँहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो साथै २०७६/७७ को उत्कृष्ट कर्मचारीको रुपमा छनौट भएका जनस्वास्थ्य अधिकृत श्री बिलट नारायण राय र सूचना प्रविधि अधिकृत श्री मनिष कुमार कर्णलाई सम्मान-पत्र प्रदान गरिएको थियो ।