FAQs Complain Problems

Photo Gallery

धनगढीमाई नगरपालिकाको स्थापना दिवस अाज २०७५।०६।०१ गतेका दिन नगर प्रमुख श्री हरि नारायण चाैधरीकाे अध्यक्षतामा विभिन्न कार्यक्रम गरी मनाईएकाे छ । कार्यक्रममा सामुदायिक विद्यालय तर्फ दलित विद्यार्थी मध्ये एस.ई.ई. परिक्षामा सर्वोत्कृट ग्रेड ल्याएका एक विद्यार्थीलाई रु. ५००००।- काे छात्रवृत्ती रकम प्रदान गरिएकाे छ । त्यसै गरि नगर पालिकाका वडा नं. २ का अध्यक्ष श्री तारणी प्रसाद चौधरीको संयोजकत्वमा गठीत कार्यसम्पादन मूल्याङ्कन समितिको सिफारिश अनुसार इन्जिनियर श्री शम्भु कुमार यादवलाई उत्कृष्ठ कर्मचारीको प्रमाणपत्र प्रदान गरि नगर प्रमुख श्री हरि नारायण चौधरीले सम्मान गर्नुभयो । त्यसै गरि, आज नगरपालिकाको स्थापना दिवसको अवसरमा रत्तदान कार्यक्रमकाे पनि आयोजना गरियो । रत्तदान कार्यक्रममा धनगढीमाई नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरुले रत्तदान गर्नुभएको थियो ।

, , , , , , , , , , , , , , , , , , , , ,

३९ अाैं अन्तराष्ट्रिय साक्षरता र ५२ अौ शिक्षा दिवस धनगढीमाई नगरपालकामा भब्यताकाे साथ मनाईयाे 
२०७५/५/२३ गते ।

सिरहाकाे धनगडीमाई नगरपालिकामा विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय वाहिर नरहेको नगरप्रमुख हरि नारायण चौधरीले बताउनु भयाे । ३९ अन्तराष्ट्रिय साक्षरता र ५२ अौ शिक्षा दिवसको अवसरमा समृद्ध धनगडीमाई र गुणस्तरीय शिक्षा विषय वक्तृत्वकला कार्यक्रमको आयोजना गरि घोषणा गर्नु भएको छ | दोस्रो चरणको भर्ना अभियानमा सघाउनु भएको सवै सरोकारवालाहरुलाइ धन्यवाद दिदै भर्ना गराउन त जिल्लामै प्रथम र प्रदेशमा दोस्रो भइयो भर्ना भएका विधार्थीहरुलाइ निरन्तर विद्यालय पठाउन सवैको उतिकै भूमिका हुने प्रमुख चौधरीले भन्नुभयो |

, , , , , , , , , , , , , ,

धनगढीमाई नगरपालिका को समिक्षा बैठक न. पा. प्रमुख श्री हरि नारायण चौधरी को अध्यक्षतामा आज बसियो ।बैठक मा आर्थिक वर्ष २०७४ / २०७५ को बिकाश का योजना हरु , प्रशासनिक कार्यहरु लगायत न पा का शाखा गत बिषय का अन्य काम कारवाही हरुको घनी भुत रुपमा छल फल भयो ।शाखा प्रमुख हरु शिक्षा का राम लखन मण्डल , स्वास्थ्य का बिलट नारायण राय, महिला तथा बालबालिका का मन्दिराढुंगाना , कृषि का फुलगेन यादब , पशु का राज किशोर यादब , योजना शाखा का शम्भु यादब तथा I T अफिसर मनिष कर्ण ले आफ्ना शाखा का काम कारवाही तथा सम्पन्न योजना हरुको रिपोर्टिंग गर्नु भयो ।समिक्षा बैठक मा बिबिध शाखा का रिपोर्टिंग हरु माथि प्रवक्ता तथा वडा अध्यक्ष प्रकाश योञ्जन ले आर्थिक वर्ष २०७४ / २०७५बिकाश का योजना हरु , शाखा का काम कारवाही तथा प्रशासनिक सुधार को बिषयमा टिप्पणी गर्नु भयो । त्यसै गरि बैठक मा वडा अध्यक्षहरु राजु श्रेष्ठ , सुर्यनाथ महतो लगायत सो बिषय टिप्पणी गर्नु भयो ।बैठक लाई समापन गर्दै न पा प्रमुख श्री हरि नारायण चौधरी ले धनगढी माई न पा को गत आर्थिक वर्ष को गतिबिधि सन्तोष जनक रहेको बताउदै रिपोर्टिंग मा छुटेका र सच्याउनु पर्ने बिषय हरू लाई सच्याएर ल्याउन निर्देशन दिदै चालु आर्थिक वर्ष को बिकाश तथा प्रशासनिक काम लाई उत्कृष्टमा पुर्र्याउनु पर्ने दायित्व रहेको र त्यसको निम्ति सबैले संकल्प गर्नु पर्ने बताउनु भयो ।

, , , , ,

धनगढीमाई नगरपालिकाको दोश्रो नगरसभा आज मिति २०७५ असार १४ गते नगरसभाबाट नीति तथा कार्यक्रम, बजेट तथा विभिन्न ऐन र प्रस्तावहरु पारित गरी सफलतापूर्वक सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

Pages