धनगढीमाई नगरपालिकाको आठौं नगरसभा शुभारम्भ धनगढीमाई नगरपालिकाको नव निर्मित प्रमुख प्रशासकीय भवनमा मिति २०७९।०३।१० गते विहान ९ बजे देखि सुरु भएको छ। सभाको शुभारम्भ कार्यक्रममा संविधान सभा सदस्य श्री राम चन्द्र यादवज्यू, निवर्तमान नगर प्रमुख श्री हरि नारायण चौधरीज्यू, पूर्व गाविस अध्यक्षज्यूहरु, धनगढीमाई स्थित राजनितिक दलका नगर समितिका सभापति/अध्यक्षहरु, धनगढी स्थित सहकारी कार्यालयका प्रमुखहरु, गैर सहकारी संस्थाका प्रतिनिधीहरु, नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, नगर सभाका सदस्यहरु सहित नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा सुरु भएको छ। सभाको बैठकले धनगढीमाई नगरपालिकाको आ.व.२०७९।०८० को निति तथा कार्यक्रम, आर्थिक विधेयक पारित गरेको छ।
https://www.facebook.com/photo/?fbid=338218041822675&set=pcb.33822057848...
नव निर्वाचित जनप्रतिनिधीज्यूहरुको प्रमाण पत्र बितरण, सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न!!!
यस धनगढीमाई नगरपालिकाकाको नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवं वडा सदस्यज्यूहरु लगायतका सम्पूर्ण जनप्रतिनिधीज्यूहरु तथा कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख श्री हरिनारायण चौधरीज्यू द्बारा नवनिर्मित प्रमुख प्रशासकीय भवनको समुद्घाटन कार्य आज मिति २०७८ साल फागुन ३० गते सु-सम्पन्न भयो ।
तस्विरहरुको केही झलक ।
राष्ट्रिय सूचना आयोगको आयोजनामा सूचना आयुक्त श्री रत्नप्रसाद मैनाली, सचिव श्री भागिरथ पाण्डेय, उप सचिव श्री कपिल प्रसाद उपाध्य, लेखा अधिकृत श्री यज्ञय राज उप्रेती, कानून अधिकृत श्री संजिप कुमार अधिकारी र लेखापाल श्री लक्ष्मण आर्याल लगायत यस धनगढीमाई नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवं वडा सदस्यहरु लगायतका सम्पूर्ण जनप्रतिनिधीहरु, प्रमुख प्रशासकीय अधिकृत लगाएतका, कर्मचारीहरु सूचनाको हकका अभियन्ता स्थानीय पत्रकारहरु, स्थानीय समुदाय र समूहसँगको सहभागितामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज मिति २०७८।०८।१६ गते दिनको ११:०० बजे देखि धनगढीमाई नगरपालिका वडा नं.११ स्थित प्राकृतिक अस्पतालको सभाहलमा सञ्चालन भई सहभागिहरुको सक्रिय सहभागिता सहित भव्यताको साथ सम्पन्न भयो । तस्विरहरुको केही झलक ।
"घरैबाट शूरु गरौं, महिला हिंसा अन्त्य गरौं"
३० औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको पहिलो दिन महिला बालबालिका तथा समाज कल्याण शाखाद्बारा सञ्चालन यस नगरपालिकाका जनप्रतिनिधिहरु र प्रमुख प्रशासकीय अधिकृत लगायत कार्यरत कर्मचारीहरु समेतको सहभागीतामा नयनपुर अस्पतालबाट शुरु गरियो । -केही तस्वीरहरुको झलक
मिति २०७८।०७।०९ गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ललितपुर र धनगढीमाई नगरपालिका धनगढी, सिरहा बीच भएको “खाद्य हरियाली शहर कार्यक्रम” सम्वन्धी समझदारी पत्र (MoU) शहरीकरणबाट उत्पन्न हुने वातावरण तथा स्वास्थ्य समस्याहरू समाधान गर्न, वैज्ञानिक तवरबाट स्थानीयवासीहरूको अधिकतम परिचालनद्वारा युवा उद्यमशीलता र रोजगारको व्यवस्थापन गरी स्वच्छ, सफा र सुन्दर शहर बनाउन सके मात्र दिगो रूपले समस्या समाधान हुने तर्फ मध्यनजर गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच “खाद्य हरियाली शहर” विकास र विस्तार कार्यक्रमका लागि सहकार्य गर्ने साझा लक्ष्य र उद्देश्यका साथ दुवै पक्षको सहमतिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । -तस्विरहरुको केही झलक
धनगढीमाई नगरपालिकाको छैठौं स्थापना दिवस २०७८ आश्विन १ गते शुक्रवार नगरपालिकाको प्राङ्गणमा जन प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु तथा पूर्व प्रमुख प्रशासकीय अधिकृतज्यूहरु र नगरपालिका अन्तर्गतका कर्मचारीहरु समेत सहभागीतामा मनाइएको र आ.ब.२०७७।०७८ मा दुई जना उत्कृष्ट कर्मचारीहरु लाई सम्मान गरिएको झलकहरुको केही तस्विरहरु।
मिति २०७८।०३।१० गते शुरु भएको धनगढीमाई नगरपालिकाको सातौं नगरसभाले आ.व. २०७८/०७९ का लागि बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक, बिनियोजन विधेयक, नीतिगत निर्णय र विशेष प्रस्ताव प्रस्तुत गरी सो विधेयकहरु सर्वसम्मतिले पारित गर्दै सातौं नगर सभा सुसम्पन्न भएको छ। यस क्रममा नगर प्रमुख श्री हरिनारायण चौधरीज्यूले कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि अहोरात्र खटिएका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु प्रति धन्यवाद ज्ञापन गर्नु भएको छ। साथै सातौं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा नगर प्रमुख हरि नारायण चौधरीले धनगढीमाई नगरपालिकाका सम्पूर्ण नगरवासी, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवि, नगर सभा सदस्य एवं सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।